राजविराज, १२ माघ। शिबशक्ति युवा क्लब सिन्धुली सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
प्रतियोगिता अन्तर्गत आज आइतवार सम्पन्न पहिलो सेमिफाइनलमा मलिथम एफसी उदयपुरलाई ट्राइब्रेकरमा २–३ गोल अन्तरले पराजित गर्दै शिबशक्ति युवा क्लब सिन्धुली उपाधी नजिक पुगेको हो। निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेलको निर्णय ट्राइब्रेकरबाट लिएको थियो।
प्रतियोगिताको फाइनलमा पुग्न भोली मंगलवार दोश्रो सेमिफाइनलमा आयोजक सन्यासी युवा क्लब पोखरिया र शम्भुनाथ नगरपालिका फुटबल टीमले प्रतिष्पर्धा गर्ने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए।
शम्भुनाथ नगरपालिकाको आर्थिक सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर, सिन्धुली, मोरङ्ग र छिमेकी देश भारतका गरि बिभिन्न १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
सो प्रतियोगिताका बिजेता टिमले नगद रुपैयाँ ५७ हजार तथा ट्रफि र उपविजेता टिमले नगद ४७ हजार रुपैयाँ तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ।





















