सिरहा, १२ माघ। सिरहाको गोलबजार नगरपालिका ३ जमदहका रमेश वानियाँकी छोरी करिव १६ वर्षिया किशोरी निशा बानियाँको शाव अस्पतालबाट हराएको आक्रोशमा आफन्तले पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजारमा सडक जाम गरेको छ।
पोष्टमार्टमकालागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पतालमा राखिएको शव हराएपछि आक्रोशित स्थानीयले अस्पताल प्रमुखसहित सम्वन्धित निकायलाई कार्वाहीको माँग गर्दै चक्का जाम गरेको हो।

शुक्रगार १० गते आफ्नै घरमा पासो लागेर मृत्यु भएका किशोरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले प्राकृतिक घटना मुचुल्कासहितको प्रकृया पुरागरी पोष्टमार्टमको लागि लहान अस्पताल पठाएको थियो। उनका बुबा आमा रोगजारीको क्रममा भारतमा रहेकाले आज आएर शव लिन अस्पताल पुग्दा फेला परेन।
शव हराएको घटनालाई उनका आफन्त र स्थानीयले भने रहस्यमय रहेको बताएको छ। निशा मृत्यु हुनु अधिल्लो दिन लहानकै एक चौथरी थरका युवकको घरमा बसेका थिए। उनी त्यस केटासँग प्रेम सम्वन्धमा रहेको स्थानीयले बताए। त्यहाँबाट घर आएको केही बेरमै पासो लागेको बताइएको छ। उनको शरिरमा चोट पटक देखिएको स्थानीयले बताएको छ।
लहानबाटै आएपछि उनले आत्महत्या गर्नु र लहानबाटै पुनः उनको शव हराउनुले घटना झन रहस्यमय भएको स्थाननिय आनन्द लामाले बताए। उनले भने, ‘घटनाको प्रकृतिले संका उब्जाएको छ। यसको सहि छानविनगरी दोषीलाई कडाभन्दा कडा कार्वाही गर्नु पर्छ। यो घटनामा कतै न कतै मिलेमत्तो देखिन्छ।’
स्थानीय शिक्षक समर भण्डारीले पोष्टमार्टमसमेत नभएको शव हराउनु अस्पताल प्रशासन र प्रहरी प्रशासनको गम्भिर लापर्वाही भएको बताए। उनले यस्तो लापर्वाही गर्ने अस्प्ताल प्रमुख र प्रहरीलाई हदैसम्मको कार्वाही गर्नु पर्ने माँग गरे।
गोलबजार नगरपालिका वडा नमवर ३ का वडा अध्यक्ष धनप्रसाद लामाले भोली १० बजेभित्र शव सहिसलामत उपलब्ध नगराए पुनः सडकमा उत्रने भन्दै तत्काललाई सडक खुलाएको छ।
यस सम्वन्धमा थप बुझ्न इलाका प्रहरी कार्यालय लहानका प्रमुखसँग सम्पर्क गर्दा फोन उठेन। अस्पताल प्रमुख डा. रञ्जित झालाई फोन सम्पर्क गर्दा उनको फोन अफ आयो।
अस्पताल पुगेका एक पत्रकारले दिएको डाक्टर झा शव हराएको जानकारी पाउनसाथ क्वाटरमै लुकेर बसेका थिए। धेरै बेरपछि अस्पतालकै एक स्वास्थ्यकर्मीको अनुरोधमा बाहिर आएपनि उनले शव मिसप्लेश भएको भन्नेबाहेक केही बोलेनन्।





















