सिरहा, १२ माघ। पोष्टमार्टमकालागि रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको एक किशोरीको शव हराएको छ। सिरहाको गोलबजार नगरपालिका ३ का रमेश वानियाँकी छोरी करिव १६ वर्षिय निशा वानियाँको शव अस्पतालबाटै हराएको हो।
शुक्रगार १० गते आफ्नै घरमा पासो लागेर मृत्यु भएका किशोरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले प्राकृतिक घटना मुचुल्कासहितको प्रकृया पुरागरी पोष्टमार्टमको लागि लहान अस्पतालमा लगिएको थियो। उनका बुबा आमा रोगजारीको क्रममा भारतमा रहेकाले आएपछिमात्र पोष्टमार्टम गर्ने भनेर शव अस्पतालमा राखिएको थियो।
आज बुबा आमा आएर प्रहरीमा जाहेरी दिएपछि सोही आधारमा पोष्टमार्टको लागि लहान अस्पताल पुग्दा शव नभेटिएको भन्ने सूचना आएको वडा अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए।
शव बुझ्न गएका आफन्तमध्येका एकले प्रहरीले शव साट फेरभएकाले त्यहाँ भएरका अर्को शव लग्न प्रहरीले दवाव दिईरहेको बताए। तर, उनले अहिलेसम्म आफूहरुले आफन्तको शव फेला नपरेको र अन्य शव लिने कुरा नआउने बताए।
यस सम्वन्धमा थप बुझ्न इलाका प्रहरी कार्यालय लहानका प्रमुखसँग सम्पर्क गर्दा फोन उठेन। अस्पताल प्रमुख डा. रञ्जित झासँग भने फोन सम्पर्क हुन सकेन।





















