राजविराज, १० माघ। मलिथाम फुटबल क्लब उदयपुर सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। 

प्रतियोगिता अन्तर्गत आज शनिवार सम्पन्न पहिलो क्वाटर फाइनलमा प्रोगे्रेसिभ एफसी ओद्राहा सप्तरीलाई ०–३ गोल अन्तरले पराजित गर्दै मलिथम फुटबल क्लब उदयपुर सेमिफाइनल प्रवेश गरेको हो।

खेल सुरु भएको १५ औं मिनेटमा मलिथमका दिव श्रेष्ठले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएको थियो। पहिलो हाफकै २६ औं मिनेटमा मलिथमका बिशाल चौधरीले डिबक्स बाहिरको बललाई ओद्राहाको गोलपोष्टमा जाली चुमाएपछि मलिमथलाई बलियो अवस्थामा पु¥याएको थियो। पहिलो हाफसम्म दुई गोलको अग्रता बनाएको मलिथमका दिवस चौधरीले आफ्नो व्यक्तिगत दोश्रो गोल गर्दै टिमको जित सुनिश्चित गराएको थियो।  

प्रतियोगिताको दोश्रो क्वाटर फाइनल भोली आइतवार इन्द्रेणी फुटबल क्लब सोमबारे फुटबल क्लब उदयपुर र शम्भुनाथ नगरपालिका फुटबल टिमले प्रतिष्पर्धा गर्ने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए। 

शम्भुनाथ नगरपालिकाको आर्थिक सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर, सिन्धुली, मोरङ्ग र छिमेकी देश भारतका गरि बिभिन्न १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। 

सो प्रतियोगिताका बिजेता टिमले नगद  ५७ हजार रुपैयाँ तथा ट्रफि र उपविजेता टिमले नगद ४७ हजार रुपैयाँ तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ।