सिरहा, १० माघ। निर्वाचन आयोगमा एमालेका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलसहित तीन जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी परेको छ। आयोगले नेकपा एमालेको समानुपातिक सूचीमा रहेका  सिरहाका चन्देश्वर भण्डलविरुद्ध उजुरी परेको छ। मण्डल आदिवासीतर्फको व्यक्ति भएकोले मधेशी क्लस्टरमा राख्न नमिल्ने भनेर उजुरी परेको हो।

नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक सूचीमा रहेका जीवन लामाविरुद्ध पनि उजुरी परेको छ। उनलाई अपांगता भएको व्यक्ति अन्तर्गत राखिएको तर, उनी अपांगता भएको व्यक्ति नभएको दाबी उजुरीमा छ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबट समानुपातिक उम्मेदवार कुमार बहादुर थापाविरुद्ध उजुरी परेको छ । उत्तरपानी चिया बगानको जग्गा अनधिकृत रुपमा बेचखिन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेर बिचाराधीन रहेको भनेर उजुरी परेको हो।

प्राप्त उजुरीउपर निर्वाचन आयोग अध्ययनमा छ।

राजनीतिक दलहरूले गत पुस १३ र १४ गते समानुपातिक सूची बुझाएका थिए। त्यसमा नाम फिर्ता लगायतको कार्य सकेर अन्तिम नामावली प्रकाशित भएको छ। प्रकाशित नाम उपर आएका उजुरी एकीकृत गरेर आयोगले अध्ययन सुरु गरेको हो ।

यही माघ २० गते समानुपातिक तर्फका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ।