जनकपुरधाम, ८ माघ। धनुषामा जंगली जानवरबाट बाली जोगाउन खेतमा लगाएको विद्युतीय बारमा करेन्ट लागेर मजदुरको मृत्यु भएको छ। धरापमा परेर धनुषाधाम नगरपालिका ६ हरिपुर नयाँटोलका ५० वर्षीय चन्देश्वर महतो रहेको मृत्यु भएको हो।
स्थानीयय रामचन्द्र महतोले आफ्नो खेतमा लगाएको विद्युतीय बारमा विहिवार विहान पौने ११ बजे करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिए।चन्देश्वर रामचन्द्रकै खेतमा मजदुरी गर्न गएका थिए।
त्यही विद्युतीय बारमा करेन्ट लागेर एउटा बाँदर समेत मरेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लागिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।





















