काठमाडौं, ८ माघ।आउने फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह (बालेन) आज बिहानै इलाम पुगेका छन्।
त्यहाँ उनले इलाम-१ का रास्वपा उम्मेदवार विमल गदाल र इलाम-२ का उम्मेदवार गोकुलबहादुर राईसँग इलाम बजारमा भेट गरेको बालेनको सचिवालयले जनाएको छ।