रौतहट, ८ माघ। जिल्ला प्रशासन कार्यालय रौतहटले राजनीतिक दलको कार्यक्रममा सरकारीसवारी साधनको प्रयोग नगर्न नगराउन आग्रह गरेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले मङ्गलबार एक सूचना जारी गर्दै राजनीतिक कार्यक्रममा सरकारी सवारी साधन प्रयोग नगर्न आग्रह गर्नुभएका हुन्।

चुनावका क्रममा दल विशेषको कार्यक्रममा सरकारी गाडीको दुरुपयोग हुनसक्ने भन्दै प्रशासन कार्यालयले सूचना मार्फत राजनीतिक कार्यक्रममा सरकारी गाडी प्रयोगमा रोक लगाउन अनुरोध गरेको छ। 

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रक्रिया चरणबद्ध रुपमा अगाडि बढी रहेको सन्दर्भमा जिल्लाभित्र शान्ति, सुरक्षा कायम राख्न क्रियाशील राजनीतिक दल तथा दल निकट भातृ सङ्गठनहरुबाट हुने राजनीतिक सभा, सम्मेलन लगायतका कार्यक्रम आयोजना गर्दा जिल्ला प्रशासन कार्यालय रौतहटलार्इ जानकारी गराई अनुमति लिई मात्र कार्यक्रम सञ्चालन गर्न सूचनामार्फत अनुरोध गरेको छ।