सिरहा, ६ माघ। निर्वाचन क्षेत्र नम्बर ३ बाट दुई पूर्वमन्त्रीसहित ४१ जनाले उम्मेवारी उम्मेदवारी दर्ता गराएका छन्। सिरहा सदरमुकामस्थित निर्वाचन क्षेत्र नम्बर ३ का कार्यालयमा उपस्थित भएर पूर्वमन्त्री विश्वनाथ साह र लिलानाथ श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन्।
साह नेपाली कम्युनिस्ट पार्टीबाट र श्रेष्ठले नेकमा एमालेबाट उम्मेदवारी दर्ता गराएका छन्। श्रेष्ठले यस क्षेत्रबाट दुई पटक निर्वाति भएका छन्। दुवै पटक विभिन्न दलसँगको गठवन्धनमा उनले चुनाव जितेका थिए। यस पटक सवै दलले एकल उम्मेवारी दिएका छन्।
क्षेत्र नम्बर ३ मा आज नेपाली कांग्रेसवाट डाक्टर सुभाष चन्द्र यादव, जसपावाट अशेश्वर यादव, रास्वपावाट डाक्टर शम्भू यादव, उज्यालो नेपालवाट जेन–जी युवा श्रवन पासमान, जनमतवाट रोहित महतो र प्रलोपावाट पुजन सिहले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट देवदयाल सिंह, स्रम संस्कृति पार्टीबाट दिप कुमार लामा, आज जनता पार्टीबाट ज्ञानी देवी सिंहलगायतले उम्मेवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ।

नेपाली कांग्रेस डाक्टर सुभाष चन्द्र यादव आफ्ना समर्थक नेताकार्यकर्ताका साथ।
नेकपा एमाले उम्मेवार श्रेष्ठ कार्यकता तथा समर्थकका साथ।
रास्वपा डाक्टर शम्भू यादव आफ्ना समर्थक नेताकार्यकर्ताका साथ।

जसपा अशेश्वर यादव आफ्ना समर्थक, नेता कार्यकर्ताका साथ।






















