राजविराज, ५ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगितामा मलिथाम फुटबल क्लब उदयपुरले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिता अन्तर्गत आज सोमवार सम्पन्न तेश्रो दिनको खेलमा लहान एफसी सिरहालाई ०–१ गोल अन्तरले पराजित गर्दै उदयपुरले विजयी सुरुवात गरेको हो ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत भोली मंगलवारको खेल इन्द्रेणी फुटबल क्लब धरान सुनसरी र सोमबारे फुटबल क्लब उदयपुरबीच प्रतिष्पर्धा हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए।
प्रतियोगितामा सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर, सिन्धुली, मोरङ्ग र छिमेकी देश भारतका गरि बिभिन्न १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
सो प्रतियोगिताका बिजेता टिमले नगद ५७ हजार तथा ट्रफि र उपविजेता टिमले नगद ४७ हजार तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ ।





















