सिरहा, ५ माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)बाट सिरहा क्षेत्र नम्बर २मा शिवशंकर (शिव)यादवले उम्मेदवारी दिने भएको छ। भ्रष्टाचार विरोधी जेनजी आन्दोलनमा सक्रिय यादवले पार्टीको तर्फबाट उम्मेदवारी दिन लागेका हुन्। 

अघिल्लो २०७९ को निर्वाचनमासमेत लउरो छापबाट उम्मेदवारी दिएका यादव पाँचौ नम्वरमा थिए। उनले जम्मा ६९९ मत प्राप्त गरेका थिए। 

यस क्षेत्रबाट जसपा नेपालका उपाध्यक्ष राजकिशोर यादव विजयी भएका थिए। अहिले उनले सिरहा क्षेत्र नम्वर ४बाट उम्मेवारी दिने भएका छन्।