सिरहा, ५ माघ। जनता समाजवादी पार्टी, नेपालका उपाध्यक्ष तथा पूर्वमन्त्री राजकिशोर यादव सिरहा क्षेत्र नम्वर ४ बाट उम्मेदवारी दिने भएका छन्। २०७९ को निर्वाचनमा सिरहा क्षेत्रनम्वर २ बाट निर्वाचित उनि यसपटक पुनः ४ बाट उम्मेदवार दिनेभएका हुन्।
यसअघि २०७४ को निर्वाचनमा यादव यसक्षेत्रबाट विजयी भएका थिए। यादव यस क्षेत्रबाट लड्ने भएपछि उनकै पार्टीबाट २०७९को प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ विजयीभएका डा. वीरेन्द्रप्रसाद महतो जनमत पार्टी प्रवेश गरेका छन्। उनले टिकट नपाउने भएपछि जनमत प्रवेश गरेको बताइन्छ।
डाक्टर महतोले पनि यहि क्षेत्रबाट उम्मेद्वारी दिनेभएका छन्। जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित जसपा नेपाल विभाजनका वेला अशोक राई नेतृत्वको जसपामा केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा रहेका महतोले दुईदिनअघिमात्र जनमतका केन्द्रीय अध्यक्ष डा. सिके राउतबाट सदस्यता लिँदै पार्टी प्रवेश गरेका थिए।
२०७९ को निर्वाचनमा सिराहा क्षेत्र नम्वर ४ बाट महतो २४ हजार १०२ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी जनमतका वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत ल्याएका थिए।
२०७९को आम निर्वाचनमा सिरहा २बाट राजकिशोर यादव २४ हजार १७८ मतसहित विजयी भएका थिए। निकटतम प्रतिस्पर्धी नेपाली काँगे्रसकी नेतृ चित्रले खायादवले २३ हजार २८ मत पाएकी थिइन्।





















