सिरहा, ५ माघ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। सोमबार उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन्। उनले राजनीतिमा सक्रिय हुनका लागि पदबाट राजीनामा दिएको बताएका छन्। 

राजनीतिमा सक्रिय हुनेखरेलले भनेका छन्, ‘वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदानमा छिर्नुअघि नै मैले पदबाट राजीनामा दिने निर्णय लिएको छु। यो राजीनामा स्वीकार गरिदिनहुन सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष्इा सविनय अनुरोध गर्दछु।’ 

उनले अब देश र जनताका लागि राजनीतिमा सक्रिय हुने जनाएका छन्। ‘अब मेरो सार्वजनिक जीवन राष्ट्र, नागरिक, लोकतन्त्र, सुशासन र मानव गरिमाको उन्नयनमा समर्पित रहने अटल प्रतिबद्धता व्यक्त गर्दछु,’ खरेलले भनेका छन्। 

आगामी प्रतिनिधि सभाको चुनावका लागि राजीनामा दिने उनी तेस्रो मन्त्री हुन्। यसअघि कार्की सरकारमा सहभागी बब्लु गुप्ता र कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिएका थिए। 

उनले ललितपुर २ बाट उम्मेदवारी दिने भएको छ। तर पार्टीभने खुलाएनन्। उनले पाउनी उज्यालो नेपाल पार्टीबाट उम्मेद्वार बन्ने बुझिएको छ।