जनकपुरधाम,  ५ माघ। तत्कालीन नेकपा (माओवादी केन्द्र)का मधेस प्रदेशसभा सदस्य रहबर अन्सारी आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नेभएका छन्। जनकपुरधाममा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभा कार्यक्रममा उनी औपचारिक रूपमा पार्टी प्रवेश गर्न लागेका हुन्।

अन्सारी आगामी निर्वाचनमा रास्वपाको तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने तयारीसहित रास्वपामा प्रवेश गर्न लागेका एक नेताले जानकारी दिए। 

रास्वपाले मधेस प्रदेशमा संगठन विस्तार र जनाधार सुदृढ गर्ने क्रममा प्रभावशाली नेताहरूलाई पार्टीमा आवद्ध गराउँदै आएको छ।

अन्सारीले एक महिनाअघि मात्रै माओवादी केन्द्रबाट राजीनामा दिएका थिए। 

माओवादी केन्द्रको प्रदेश सांसदका रूपमा कार्यरत रहँदा उनले विभिन्न सामाजिक तथा राजनीतिक मुद्दामा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। 

रास्वपाका नेताहरूले अन्सारीको प्रवेशले बारा जिल्लासहित मधेस प्रदेशमा पार्टीको संगठन थप बलियो हुने आश गरेका छन्।