सिरहा, ४ माघ। आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचन २०८२लाई लक्षित गर्दै सिरहास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले पत्रकारहरुसँग निर्वाचन आचारसंहिता सम्वन्धि छलफल गरेको छ। ठिक समयमा सहि सूचना कसरी प्रवाह गर्न सकिन्छ? भन्ने उदेश्यसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाले पत्रकारहरुसँग छलफल गरेको हो।
गतल सूचना प्रवाहकाकारण निर्वाचनका समयमा अप्रिय घटना निम्तिनसक्ने हुँदा सूचना प्रवाहमा सजगता अपनाउन मुख्य निर्वाचन अधिकृत डाक्टर प्रकाश उप्रेतिले आग्रह गरे। उनले भने, ‘निर्वाचनका समयमा आचार संहिताको विषयले बढी प्रभावित हुन्छ। त्यसमा हामीसवैले ख्याल गर्नु पर्छ।’
उनले हामी नेपालको संविधान, कानुन र निर्वाचन कानुनप्रति प्रतिबद्ध रहेको समेत बताए। उनले भने, ‘हामी निश्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन चाहन्छौं। कसैको पक्ष–विपक्ष भन्दापनि हामी नेपालको संविधान, कानुन र निर्वाचन कानुनप्रति प्रतिबद्ध छौं।’
सिरहामा प्रतिनिधीसभाको ४ वटा निर्वाचन क्षेत्र रहेका छन्। निर्वाचन कार्याक्रम सहजरुपमा सञ्चालन गर्न चारवटै निर्वाचन क्षेत्रको छुट्टाछुट्टै कार्यालय स्थापना गरिएको छ। क्षेत्र नम्वर १ को लागि लहानस्थित भुसंरक्षण कार्यालय, २ को धनगढीमाई नगरपालिकाको प्रशाकीय भवन, ३ को कार्यालय सिरहा नगरपालिकाको प्रशासकीय भवन र क्षेत्र नम्वर ४ को कार्यालय मिर्चैयास्थित नेपाल रेडक्रस भवनमा स्थापना गरिएको छ।
जिल्लामा कुल संख्या चार लाख ५३ हजार ६४५ मतदाता रहेको छ। निर्वाचन सम्पन्न गर्नको लागि २२३ मददान स्थल र ५३१ निर्वाचन केन्द्र निर्धारण गरिएको छ।






















