मिर्चैया, ३ माघ। सिरहा मिर्चैया नगरपालिका मेयर श्रवण कुमार यादवले भौतिक पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि र मनोरञ्जनको क्षेत्रमासमेत लगानी बृद्धि गर्दै आएको बताए। पालिकाको १६ औं नगर अधिवेशनलाई सम्वोधन गर्दै सम्पूर्ण विकासका योजनालाई नगरपालिकाले प्राथमिकताका साथ अगाढी बढाएको बताएका हुन्।
उनले पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्यलाई महत्वकासाथ बजेट विनियोजन गरेको बताउँदै हामीले युवा तथा विद्यार्थीलाई लक्षित गरी खेलकुदलाई प्राथमिकतामा राखेको बताए। उनले भने, ‘हामीले सवै क्षेत्रलाई समानढङ्गले अगाढी बढाउने प्रयास गरिरहेका छौं। त्यसमा पनि युवा र विद्यार्थीलाई लक्षीत गरेर सवैखालका खेलकुदमा पनि हामीले लगानी बढाएका छौं।’
सोही क्रममा उनले नगरले अस्प्ताल चलाउनु हात्ति पाल्नुभन्दा खर्चिलो भएको बताए। उनले भने, ‘हात्ति पाल्न सजिलो होला तर डाक्टर पाल्न समस्या छ। खर्चिलो भएकाले अस्पताल चलाउन धेरै समस्या छ। तरपनि हामीले यसलाई चलाई रहेका छौं। यहाँ जनताले शुलभ ढङ्गले स्वास्थ्य उपचार पाईरहेका छन्। र विस्तारै अस्पताल आफै पनि आत्मनिर्भरको निशामा गईरहेको छ।’
उनले निजी अस्पतालमा सर्वसाधारण जनतले उपचार गराउनै नसक्ने अवस्था भएको बताउँदै मिर्चैया अस्पतालले सर्वसाधारण जनताको उपचारमा योगदान गरिररहेको बताए।
मन्तव्यकै क्रममा नगर प्रमुख यादवले सरकारी अस्पतालका चिकिच्सक निजी क्लिनिकमा काम गर्ने र अस्पतालमा विश्रामगरेजस्तै, शिक्षकहरुपनि निजी विद्यालयमा काम गर्ने र सरकारीमा गएर थकाई मार्ने प्रवृतिलाई अव रोक लागाउने बताए। उनले भने, ‘निजिमा कामगर्ने र सरकारी संस्थामा गएर थकाई मार्ने प्रवित्तिलाई हामी अव कडाईकासाथ निगरानी गरिरहेका छौं। यसलाई हामी अझै प्रभावकारी बनाउँछौं। त्यसकोलागि हामीले यहि अधिवेशनबाट कार्यविधि बनायौं र त्यसको कार्यान्वयन हुन्छ।’
नगर प्रमुख यादवले नगर तथा वडाका कर्मचारीहरुले जनताको सेवालाई प्रभावकारी ढङ्गले अगाडी बढाउनु पर्नेमा जोड दिए। उनले जनताको काम गर्न आनाकानी गरे त्यस व्यवहार गर्ने कर्मचारीलाई हामी निगरानीमा राख्छौं र आवश्यक परे कार्वाहीको प्रकृयामा पनि अगाढी बढाउँ छौं। त्यसैले म तपाईंहरुलाई जनताको सेवामा दत्तचित्त भएर लाग्न निर्देशन गर्दछु।’
सम्वोधनकै क्रममा नगर प्रमुख यादवले सम्पूर्ण जनप्रतिनिधीहरुलाई ठोस र प्रभावकारी योजनाहरु पेश गर्न अनुरोध गरे। उनले भने, ‘तपाईंहरु उदेश्य सहित एउटा ठोस कामगर्ने योजना ल्याउनुस म त्यसलाई सकेसम्म पुरा गरेर बजेट लगाउन भरपुर सहयोग गर्छु। तर पाँचलाख, १० लाखको योजना बनाएर ल्याउने र त्यसमा अनावश्यक बखेडा गर्ने काम नगर्नुहोला, त्यसमा मेरो साथ सहयो रहने छैन।’
नगरसभामा उप–प्रमुख जिबछीदेवी साह, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दिपक कलौनी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेश कुमार यादव, मिर्चैया अस्पतालका प्रमुख सारिका गाईत, १२ वटै वडाका वडाअध्यक्षहरु, कार्यपाकिलिका सदस्य तथा सभासदस्यहरु, विद्यालयका प्रधानाध्यापकहरु तथा विभिन्न शाखाका प्रमुख तथा स्थानिय विभिन्न दलका प्रतिनिधी, व्यसायी, उद्योगीहरुको सहभागीता रहेको थियो।






















