राजविराज, ३ माघ। सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा सञ्चालित सातौ मेयरकप २०८२ फुटबल प्रतियोगितामा प्रोगेसिभ एफसी ओद्राहा सप्तरीले सुरुवात गरेको छ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा सातौ मेयरकप २०८२ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत आज शनिवार सम्पन्न खेलमा उद्घाटन खेलमा मोतीराम क्लब मोरङ बिराटनगरलाई ०–३ गोल अन्तरले पराजित गर्दै ओद्राहा सप्तरीले विजयी सुरुवात गरेको हो।
प्रतियोगिता अन्तर्गत भोली आइतवार युवा शास्त्री फुटबल क्लब बिरपुर बिहार र शम्भुनाथ नगरपालिका शम्भुनाथ सप्तरीबीच प्रतिष्पर्धा हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए। यसअघि आजै एक कार्यक्रमका बीच शम्भुनाथ नगरपालिकाका कार्यवाहक नगरप्रमुख अनिताकुमारी चौधरीले प्रतियोगिताको उद्घाटन गरेका थिए।
प्रतियोगितामा सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर, सिन्धुली, मोरङ्ग र छिमेकी देश भारतका गरि १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। सो प्रतियोगिताका बिजेता टिमले नगद ५७ हजार तथा ट्रफि र उपविजेता टिमले नगद ४७ हजार तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ।
सन्यासी युवा क्लवले गत २०४३ सालदेखि निरन्तर फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ।























