सिरहा, ३ माघ। सिरहाको गोलबजारका युवा व्यसायी तथा समाजसेवी विनय यादवले जन्मोत्सवको अवसर पारेर ४५ विपन्न, दलित परिवारलाई मुरही, च्यूरा लगायतका खाद्यान्न प्रदान गरेका छन्। फनिचर व्यवसाय गर्दै आएका यादवले आफ्नो जन्मदिनको अवसर पारेर नरहा गाउँपालिका ३ खोरिया बस्तिका ४५ घरधुरीलाई उक्त खाद्यान्न सहयोग गरिएको हो।
जन्मोत्सवको नाममा गरिने फजुल खर्चलाई कटौति गरेर सामाजिक उत्तरदायित्वको रुपमा गरिब तथा अति विपन्न परिवारलाई राहत सामग्री दिएको उनले बताए।
व्यवसायी यादवले जन्मदिनलाई केवल व्यक्तिगत खुसीमा सीमित नराखी समाजका विपन्न वर्गसँग बाँड्न पाउँदा आत्मसन्तुष्टि मिलेको बताउँदै भने, ‘सानो सहयोगले पनि कसैको अनुहारमा मुस्कान ल्याउन सकियो भने त्यसको आन्द नै वेग्दै हुने रहेछ। त्यसैले म आउँदा दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रयास गर्छु।’
स्थानीय बासिन्दाले यादवको कार्यको प्रशंसा गर्दै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश जाने बताए।






















