सिरहा, ३ माघ। गोलबजार युवा स्पोर्टस क्लवको अयोजनामा ‘प्रथम गोलबजार अन्तर विद्यालय क्रिकेट टुर्नामेन्ट २०८२’ हुने भएको छ। नगर प्याब्सन र एन प्याब्सको सह–आयोजनामा गोलबजार ४ स्थित जनता माध्यमिक (प्राविधिक) विद्यालयको प्राङ्गणमा र्आइतबारबाट टुर्नामेन्ट हुन लागेको हो। 

आईतबार एक समारोहकाविच उद्घाटन खेल सुरु गर्ने आज पत्रकार सम्मेलनगरी आयोजकले जनाएको छ। 

तालिका अनुसार आईतबारबाट सुरुहुने टुर्नामेन्टमा नगरक्षेत्रभित्रका ८ वटा संस्थागत विद्यालयहरुले भाग लिएका छन्। 

प्रतियोगितामा बुढानिलकण्ठ स्कूल गोलबजार ४, ट्रिनिटी स्कूल गोलबजार ६, न्याचुरल स्कूल गोलबजार ४, सृजना सेकेन्ड्री स्कूल गोलबाजर ६, जेम्स स्कूल गोलबार ४, शान्ति निकुञ्ज स्कूल गोलबजार ८, शुभ श्री स्कूल गोलबजार ६, माउन्टएभरेष्ट स्कूल गोलबजार ४ रहेका छन्। 

माघ ४ गतेबाट सुरुहुने टुर्नामेन्टको फाईनल खेल माघ १४ गते हुने आयोजकले जनाएको छ। 

शिक्षासँगै विद्यार्थीमा रहेको आन्तरीक क्षमता विकासको लागि खेल एक महत्वपूर्ण साधन भएकाले यसतर्फ पनि यहाँका संस्थागत विद्यालयहरुले योगदान गरेको बताए।  खेलकुदले विद्यार्थीको सर्वागिण विकास त गर्छ नै राम्रो गर्नेहरुले यसैमा पनि भविष्य खोज्न सक्नेभएकाले पनि यस्ता प्रतियोगिताले प्रतिभा पहिचान गर्ने बताए। 

941ae23f-bb4c-412a-8966-5cf816c6e67c