काठमाडौं, २ माघ। निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक मान्यता दिएको छ।

आयोगले शुक्रबार थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेको हो। 

उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ। विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको दावी स्वतः अस्वीकृत भएको छ।

अब प्रत्यक्ष मनोनयनदेखि अरु काम कारबाहीमा गगन–विश्व समूहको निर्णय र काम कारबाही आधिकारिक मानिनेछ। विशेष महाधिवेशनले मान्यता पाएसँगै शेरबहादुर देउवा नेतृत्वको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ।





निर्वाचन आयोगको यो निर्णयपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत जाने बाटो भने खुला छ ।