सिराहा, ३० पुस। सिरहा प्रहरीले धनगढीमाई नगरपालिकाबाट ३८ ग्राम प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित दुई युकलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धनगढीमाई र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिरहाबाट खटिएको प्रहरीले धनगढीमाई नगरपालिका १० जिरोमाईल चोकबाट उक्त लागु पदार्थसहित मंगलबार राति गोलबजार नगरपालिका ३ का २५ वर्षीय अभिषेक साह र सिन्धुली दुधौली नगरपालिका ९ टारी का ३२ वर्षीय एलेक्स आलेलाई पक्राउ गरेको हो।
बरियारपट्टीबाट जिरोमाईलतर्फ आउँदै गरेको प्रदेश १–०२–०४ प ३५३७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँचको क्रममा उक्त परिमाणको लागु पदार्थसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।
आवश्यक अनुसन्धानको लागि अजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरिएको जनाएको छ






















