सिरहा, २८ पुस। सिरहाको गोलबजार नगरपालिकाका सय वर्ष पारगरेका एकल महिला नागरिक्ता विहिन हुँदा सरकारी सेवा सुविधाबाट बञ्चित भएका छन्। गोलबजार नगरपालिका ११ बलकावाका १०५ वर्षिय हदिसा खातुन नागरिक्ता नहुँदा सरकारी सेवासुविधाबाट बञ्चित भएका हुन्।
चारपुस्ता एकै ठाउँ : गोलबजार नगरपालिका ११ बलकावाका १०५ वर्षिय हदिसा खातुन, उनकी छोरी ७० वर्षिय सकिना, नातिनी ३५ वर्षिय समिना खातुनको साथमा नातीनिको छोरा।
आफ्ना छोरा नभएकाले छोरीपट्टीका नातिनी ३५ वर्षिय समिना खातुनसँग गोलबजार नगरपालिका ४ स्थित जनता माध्यमिक विद्यालय नजीक बस्दै आएका छन्। उनले भने, ‘मेरा आफ्नै दाजुभाई पनि छैनन्, बुबाको मृत्यु भईसकेको छ। मामा पनि हुनुहुन्न। त्यसैले मेरो आमा ७० वर्षिय सकिना खातुन र हजुरआमा १०५ वर्षिय हदिशा खातुनलाई मैले नै राखेको छु।’
हजुरबुवाको मृत्यु भएको ६ दशक बढी भईसकेको उनले बताए छ। उनले भने, ‘हजुरआमाको नागरिक्ता नभएकै कारण सरकारले दिने सामाजिक सुरक्षा भत्ता, जेष्ठ नागरिकलाई दिने स्वास्थ्य विमाजस्ता सुविधाबाट बञ्चित हुनु परेको छ।’
नागरिक्ता बनाउन धेरै पटक प्रयास गरेपनि कागजपत्र जुटाउन नक्दा बन्न नसकेको हदिशाकी छोरी ७० वर्षिय सकिनाले बताइन्। उनले भने, ‘मैले धेरै प्रयास गरेर विवाहित नागरिक्ता बनाएँ। आमाको नागरिक्ता भने अझै वनाउन सकिएको छैन। नागरिक्ता नहुँदा बुढेसकालमा धेरै दुःख झेल्नु परेको छ।’
धनुषाको शहिद नगर नगरपालिका ३ यदुकाहाकाबाट ६ दशक अघि गोलबजार ११ बलाकावा आएका साहिदा नागरिक नै नवनी मर्ने हो भन्ने चिन्तामा छन्। उनी भन्छन्, ‘श्रीमान छँदासम्म नागरिक्ताको खाँचो भएन, अहिले बुढेसकालमा नागरिक्ता चाहिने रहेछ बनाउनै सकिएको छैन। नागरिक्ता नहुँदा सरकारी सेवा सुविधाबाट बञ्चित त भएकै छु। कहिलेकाही नागरिक नै नभई मर्ने भएँ जस्तो लाग्छ।’
उमेका कारण कान कम सुन्ने उनी सौतेनी पट्टीका छोराहरु भएपनि उनीहरुले नागरिक्ता बनाउन असहयोग गरेको बताए। उनले भने, ‘अव मर्ने बेला भईसक्यो कति नागरिक्ता भनेर दौडिनु जस्तो लाग्छ। खान बस्न त नातिनीले दिएकी छिन्, अव उनलाई नागरिक्ता बनाईदे भनेर के दुःखदिनु भनेर चुप लागेर बसेको छु।’






















