- नवीन प्रियदर्शी
जनकपुरधाम, २७ पुस। आसन्न प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारीका लागि नेकपा एमालेले मधेस प्रदेशका विभिन्न जिल्ला तथा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ।
प्रदेशका जिल्लाहरूबाट आएका सिफारिसलाई प्रदेश कमिटीमार्फत केन्द्रीय कार्यालयमा पठाइएको हो। एमाले मधेस प्रदेश कमिटीका महासचिव मनोज पौडेलका अनुसार विभिन्न निर्वाचन क्षेत्रबाट १५ जना उम्मेदवारको नाम एकल रूपमा सिफारिस गरिएको छ भने केही क्षेत्रबाट एकभन्दा बढी नाम सिफारिस भएका छन्।
जिल्लाबाट आएका सिफारिसलाई जस्ताको त्यस्तै पठाए पनि प्रदेश कमिटीले ती नाममा आफ्नो राय तथा सुझावसमेत दिएको उनले जानकारी दिए।
एकल सिफारिस भएका उम्मेदवारहरू
मधेस प्रदेशका विभिन्न १५ निर्वाचन क्षेत्रबाट एमालेले एकल उम्मेदवार सिफारिस गरेको छ।
एकल सिफारिस हुनेमा सप्तरी क्षेत्र नं. १ बाट सुमनराज प्याकुरेल, सप्तरी क्षेत्र नं. ३ बाट ताराकान्त चौधरी, सिरहा क्षेत्र नं. ३ बाट लीलानाथ श्रेष्ठ र ४ बाट बिल्टु साह छन्। यस्तै धनुषा क्षेत्र नं. २ बाट उमाशंकर अरगरिया, धनुषा क्षेत्र नं. ३ बाट जुलीकुमारी महतो, धनुषा क्षेत्र नं. ४ बाट रघुवीर महासेठ पनि एकल सिफारिस भएका छन्।
महोत्तरी क्षेत्र नं. १ बाट लक्ष्मी महतो कोइरी, क्षेत्र नं. २ बाट रामपरीक्षण यादव, क्षेत्र नं. ४ बाट सरोजकुमार यादव, सर्लाही क्षेत्र नं. १ बाट मनोजकुमार देवकोटा, क्षेत्र नं. २ बाट धर्मेन्द्र राय, क्षेत्र नं. ३ बाट हरिप्रसाद उप्रेती, रौतहट क्षेत्र नं. १ बाट अजयकुमार गुप्ता तथा रौतहट क्षेत्र नं. ३ बाट कुन्दन साहको नाम एकल सिफारिस गरिएको एमाले मधेस प्रदेश कमिटीले जनाएको छ।
एकभन्दा बढी नाम सिफारिस भएका क्षेत्र
सप्तरी क्षेत्र नं. २ बाट देवनाथ यादव, राजाराम यादव र प्रतिमा कुमारी देवको नाम उम्मेदवारका रूपमा सिफारिस गरिएको छ। सप्तरी क्षेत्र नं. ४ बाट बालकृष्ण चौधरी, गङ्गा प्रसाद चौधरी र राधादेवी ठाकुर सिफारिसमा परेका छन्।
यसैगरी सिरहा क्षेत्र नं. १ बाट रामशंकर यादव र केदारनाथ यादव, सिरहा क्षेत्र नं. २ बाट नवीनकुमार यादव, दिपेन्द्र महतो र निर्मला बास्तोलाको नाम पनि सिफारिस सूचीमा छ।
धनुषा क्षेत्र नं. १ बाट जुलीकुमारी महतो, सविता यादव, रामचन्द्र मण्डल(मधेस प्रदेश सभाका पूर्वसभामुख), राजकिशोर यादव र रामसिंह यादवको नाम सिफारिस गरिएको छ।
महोत्तरी क्षेत्र नं. ३ बाट एमालेले रामआधार कापर र मनोजकुमार सिंहको नाम सिफारिस गरेको छ । यस्तै, सर्लाही क्षेत्र नं. २ बाट रामचरित्र सहनी, मोदन साह र आनन्दी कुमारी पोखरेल सिफारिस भएका छन्।
रौतहट क्षेत्र नं. २ बाट शैलेन्द्र साह, अबुल कलाम आजाद, अतिउल्लाह र मनोज यादव तथा रौतहट क्षेत्र नं. ४ बाट उद्धव रेग्मी, आरती भण्डारी र रामजी साह सिफारिस सूचीमा छन्।
बारा क्षेत्र नं. १ बाट अच्युतप्रसाद मैनाली, पुरुषोत्तम पौडेल, धनमाया चौधरी, थानेश्वर सापकोटा, पुरन्देव चौधरी, सुदामा देवी राम, त्रिलोकी प्रसाद चौधरीको नाम सिफारिस भएको छ। क्षेत्र नं २ बाट बलवीरप्रसाद चौधरी, अमदेवप्रसाद यादव, मख्खन पासवान, सतपाल यादव, राजेशप्रसाद साह, कौशलकिशोर सिंह, गौरीशंकरप्रसाद यादव, सहपतिदेवी हुसादिनको नाम सिफारिस भएको छ।
यस्तै बारा क्षेत्र नं ३ बाट अध्यायज नन्द पाण्डे, एम. समी उल्लाह, सीमा ठाकुर, ज्वाला कुमारी साह, गायत्री देवी, सीता सुवेदी, टिना सुवेदी, रविन्द्र दास वनिया र फुलेना राउत आहतको नाम पठाएको छ। बारा क्षेत्र नं ४ बाट अमर यादव, कृष्ण कुमार श्रेष्ठ ‘किसान’ र सीता गुरुङको नाम सिफारिस गरी पठाएको छ।
त्यसैगरी पर्सा जिल्लाको क्षेत्र नं. १ बाट प्रभु हजारा, नवराज शर्मा, इन्दु घिमिरे र सुन्दरप्रसाद कुर्मी, क्षेत्र नं २ बाट राजकुमार गुप्ता, अरविन्द सिंह, क्षेत्र नं ३ बाट प्रमोद जयसवाल र राजकुमार गुप्ता, क्षेत्र ४ बाट जालिम मिया, वीरेन्द्रप्रसाद यादव र गोकली कुमारी रेग्मी सिफारिस भएका छन्।
प्रदेश कमिटी महासचिव पौडेलका अनुसार जिल्ला तथा प्रदेशबाट आएका सबै नाम राय–सल्लाह र सुझावसहित केन्द्रीय कार्यालयमा पठाइसकिएको छ। ‘उम्मेदवारबारे अन्तिम निर्णय पार्टी केन्द्रीय कार्यालयले गर्नेछ,’ उनले भने।






















