सिरहा, २७ पुस। सरकारी निर्देशनको  उलङ्घन गर्दै सिरहासहित मधेशका जिल्लामा सञ्चालित इँटा उद्योगले इँटा पोल्न थाल्दा पनि सरकोकार बाला निकायको मौनताले स्थानीय चकित भएका छन्। प्रतिवन्धित अवस्थामा नै उद्यागीहरुले इँटा पोलेको जानकारी गराउँदासमेत सरकोकारबाला निकायको मैनताले अचम्भीत भएका हुन्। 

घरेलु तथा साना उद्योग कार्यालय, लहान सिरहाले पछिल्ले पटक यहि पुस २० गते मन्त्रालयको निर्णय कार्यान्वयन गराउन भन्दै इँटा व्यसायी संघ तथा उद्योगहरुको नाममा  पत्र लेखेको छ। पत्रमा ‘इँटा उद्योगबाट हुने प्रदुषण न्यूनिकरण गर्न एवम् कामदारहरुको स्वास्थ्यलाईसमेत ध्यान दिई इँटा पोल्ने कार्य प्रत्यक वर्षको पुस मसान्त पछिमात्र  सुरु गर्न निर्णय भएकोले सोही बमाजिम इँटा पौलने कार्य गर्न जानकारी गराइन्छ।’

मन्त्रालय र घरेलु कार्यालयको पत्रको अवज्ञा गर्दै सिरहामा वालाजि ईट्टा उद्योग, बजरंग इँटा उद्योग राघोपुर मिर्चैया, हनुमान इँटा उद्योग, धनगढीमाई, वेलकम इँटा उद्योग पोखरभिण्डासहित करिव एक दर्जन इँटा उद्योगले पुस २० अगावै इँटा पोल्न सुरु गरेको छ। 

मधेश प्रदेशमा करिव एक सय इँटा उद्योगले पोल्ने कार्य गरिरहेको एक व्यसायीले नै बताए। उनले भने, ‘अरु जिल्लाको तुलनामा सप्तरी र सिरहामा कमै उद्योग चलेको छ। अन्य जिल्लामा यो भन्दा धेरै उद्योगले पोल्ने काम सुरु गरिसकेको छ।’

ती व्यसायीले भने, ‘यसमा व्यवसायीहले पनि हतारो नगर्नु पर्ने हो, तर राज्यका निकायहरुको ध्यान जानु पर्ने हो। गएको देखिएन। हामी व्यसायी त सँधै कसरी धेरै उत्पादन गर्ने भन्ने ध्याउन्नमा हुँन्छौं।’

उनले थपे, ‘यस विषयमा जिल्ला देखि प्रदेशका सवै प्रहरी, प्रशासन लगायतका सवै निकायलाई जानकारी छ। उहाँको मौनताले आशंका उत्पन्न गराएको छ।’

यस सम्वन्धमा प्रतिकृयालिन जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारीलाई फोन सम्पर्क गरेपनि उनको फोन उठेन।