सिराहा, २२ पुस। सिरहा प्रहरीले गोलबजारबाट करिव चार ग्रामभन्दाबढी प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित तीन युवकलाई नियन्त्रणमा लिएको छ। गोलबजार नगरपालिका २ गुरुधामनजीको एकान्तठाउँबाबाट तीन ग्राम ८ सय मिलिग्राम अवैध लागुपदार्थ ब्राउन सुगरसहित गोलबजार नगरपालिका ५ सिडिओ टोलका २२ वर्षीय अभिषेक यादव, धनगढीमाई नगरपालिका ८ चियावारीका २४ वर्षीय नवराज शर्मा र सिन्धुली कमलामाई नगरपालिका ९ का ३९ वर्षीय प्रभात देवकोटा लाई नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुदन केसीले जानकारी दिए। उनका अनुसार सो ठाउँमा केही व्यक्तिहरु वसेर शंकास्पद गतिविधि गरीरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उक्त पदार्थसहित उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए।
उनीहरुलाइ आजै थप अनुसन्धानको लागि जिल्ला अदालत सिरहाबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको छ।






















