गोलबजार, २१ पुस। सिरहा प्रहरीले अवैध ग्राभेल उत्खनन् गरिरहेको दुई थान टिफर र एक थान स्काभेटर नियन्त्रणमा लिएको छ। अबैध उत्खनन गर्दै गरेको अवस्थामा ससत्र प्रहरी बल गोलबजारको टोलिले गोलबजार १ मुक्सारबाट बा. ३ ख १२८९, प्र. २–०१–००१ क ००४६ नम्वरको टिफर र  ज. १ क ४९४ नम्बर स्काभेर प्रहरीले नियन्त्रणमा लिएको हो। 

प्रहरीले नियन्त्रणमा लिएको टिफर र स्काभेर स्थानीय रामदयाल पुर्बेको  रहेको स्थानीएले बताएको छ। यसक्षेत्रबाट स्थानीय जनप्रतिनिधी र प्रहरी प्रशासनको मिलेमत्तोमा नियमित अवैध उत्खनन् हुने गरेको स्थानीय बताउँछन्। स्थानीयको दवाव पछिमात्र प्रहरीले उक्त सवारी साधन नियन्त्रणमा िलएको आरोप छ।

त्यसैगरी, गोलबजार नगरपालिका ५ स्थित पाकड चौकमा स्टोक प्रमाणित नै नगराइ लामो समयदेखि राखिएको ग्राभेल अबैध रुपमा ओसारपसार गरि रहेको अवस्थामा थप २ थान टीफर र दुई थान स्काभेटर नगर प्रहरिले नियन्त्रणमा लिएको छ। नम्बर उलेख नभएको स्काभेटर र प्र. २–०१–००१ क ००४५ नम्वरको टिफर नियन्त्रणमा लिएको हो। टिफर इलाका प्रहरी कार्यालयमा ल्याएर राखेको भएपनि स्काभेर भने सोही स्थानमा रहेको छ। नगरपालिकाले स्काभेटरको साचो भने जफत गरेको जनाएको छ।