सिरहा, २० पुस। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले तीन क्षेत्रबाट उम्मेदवार सिफारिस भएको छ। एउटा क्षेत्रमा भने धेरै आकांक्षी भएकाले नाम सिफारिस हुन सकेन्।
सिरहा क्षेत्र नम्बर १ बाट निबर्तमान सांसद राम शङकर यादव र सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादवको नाम सिफरिस भएको जिल्ला अध्यक्ष अशोक यादवले जानकारी दिए। अध्यक्ष यादवका अनुसार निर्वाचन क्षेत्रीय बैठकले नम्वर ३ बाट पार्टीका केन्द्रिय सदस्य तथा पूर्वमन्त्रि लिलानाथ श्रेष्ठ र ४ बाट बिल्टु साहको नाम सिफारिस भएको छ। सिरहा २ मा आकङ्क्षीको सङ्ख्या बढी भएकाले कसैको नाम सिफरिस भएको छैन। यसबारे आज टुङ्गो लाग्ने बताइएको छ।
२०७९ को निर्वाचनमा नेकपा एमालेले सिरहा १ र ३ बाट जनता समाजवादी पार्टीको गठबन्धनमा राम शङ्कर यादव र लिलानाथ श्रेष्ठ विजयी भएका थिए।






















