लहान, १९ पुस। सिरहाको लहान नगरपालिका १६ आरिदमार टोलमा गएराति जंगली हात्ती पसेर घरहरु भत्काएका छन्। चुरेक्षेत्रको जङ्गमा रहेको बस्तिमा हात्तिको हुल पसी पाँच जनाको घर भत्काएर अन्नपात खाएका हुन्।

रातको समयमा बस्तीमा पसेका हात्तिले स्थानीइ भुपाल थापा मगर, गोपाल थापा मगर, जालबहादुर थापा र रामबहादुर थापासहित पाँच जनाको घर भत्काएर अन्नपात खाएको वडा अध्यक्ष गडुल बहादुर जर्गामगरले जानकारी दिए।
उनले हात्तिहरु बस्तीमा बसेर उत्पाद मच्चाएको र हात्ति अझै गाउँ नजीकै रहेकाले गाउँले त्रसित भएको बताए।
हात्ति धपाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालय लहानलाई खवर गरेको वडा अध्यक्ष जर्गाले बताए। उनले भने, ‘गाउँ नजीकै हात्ति अझै घुमिरहेकाले गाउँलेहरु त्रसित छन्, हात्ति थपाउन प्रहरीलाई खवर गरेको छु। गाउँलेहरुले निगरानी गरिरहेका छन्।’
यता डिभिजनल वन कार्यालय लहानले राति नै सूचना प्राप्त भएको र वन कर्मचारीहरु त्यसतर्फ गईसकेको बताए। उनले चुरेक्षेत्रको जङ्ल अतिक्रमण गरेका वस्तीहरुमा हात्तिले बेला बेलामा दुखदिने गरेको बताए। वन कार्यालयले अहिले पनि हात्ति बस्ती नजीकै रहेकाले अनावश्यक रुपमा जंगल क्षेत्रमा प्रवेश नगरर्न अनुरोध गरेको छ।





















