सिरहा, १७ पुस। नेपाली काँग्रेसका सभापति रामचन्द यादवको निम्तोमा वनभोजमा सरीक हुन हेलिकोप्टर चढेर आएका बागमती प्रदेशका मूख्यमन्त्री इन्द्र बानियाँको आलोचना हुन थालेको छ। अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा काँगेस सभापति यादवले धनगढीमाई नगरपालिका १४ सर्रेआम्वासमा आयोजना गरेको वनभोजमा सरीकहुन हेलिकोप्टर चडेर आएका आएकाले उनको आलोचना भएको हो। 

आफ्नै पार्टीले आयोजना गरेको भएपनि वनभोजमा मुख्यमन्त्री सवार हेलिकोप्टरको भाडा र राज्यको अन्यस्रोतसाधनको खर्चप्रति यहाँका राजनीतिकर्मीहरुले प्रश्न खडा गरेका छन्। उनीहरुले फष्ट जनवरीको वनभोजमा राज्यको ढुकुटी खर्चगरेर मुख्यमन्त्री काठमाडौंबाट हेलिकोप्टरमा सिरहा आउनु राजनीतिक मनोमानी भएको उनीहरुको तर्क छ। 

साथीभाईले आयोजना गरेको पीकनिकमा सरिकहुनु अनौठो नभएपनि राज्य कोष दुरुपयोग प्रति प्रश्न खडा गरेको छ। 

स्थानीय बुद्धिजीविहरुले यो पीकनिकलाई नयाँ वर्षको उत्सव भन्दा पनि चुनावी कार्यक्रमको रुपमा लिएको छ। २०८२ मा नेपाली काँग्रेसका सिरहा सभापती आफै यसैक्षेत्रबाट चुनाव लड्ने घोषणा भएकाले यो कार्यक्रमलाई प्रचारको सुरुवातको रुपमा हेरीको छ भने कतिपयले पार्टीभित्रको विवाद साम्यपार्ने प्रयासका रुपमा अर्थ्याएका छन्।

बागमति र मधेशका मुख्य मन्त्री श्रीकृष्ण यादवकोसमेत उपस्थितले यो घटनालाई फेरी एक पटक राज्यस्रोतको गलत प्रयोगको रुपमा हेरीएको छ।

कतिपयले सिरहा लगायत तराईमा पछिल्ला दिनहरुमा चलेको शितलहर प्रभावितलाई राहात पुर्याउनु पर्ने अवस्थामा वनभोजका नाममा राज्यको स्रोतसाधन खर्चीनु राजनीतिक बेईमानी भएको बताएका छन्।