क्षितिज विश्वकर्मा
सर्लाही, १७ पुस। पछिल्ला केहि दिन देखि सर्लाहीसहित तराईका जिल्लामा निरन्तरको शितलहरले जनजिवन प्रभावित बनिरहेको छ। चिसोका कारण बालबालिका र बृद्धबृद्धा समस्यामा छन्। बिशेष गरि स्कुले बालबालिकालाई चिसोले सताउने गर्छ। बिभिन्न समयमा बिभिन्न किसिमको समाजसेवा गर्दै आएका समाजसेवी सन्तोष दाहालले लालबन्दी ५ रन्जितपुरका एक विद्यालयमा अध्ययनरत ११५ जना बालबालिकालाई चिसोबाट बचाउन जुत्ता, मोजा प्रदान गरेका छन्।
महेन्द्र आदर्श प्राविमा अध्ययनरत बिपन्न बालबालिकालाई उनिहरुको साईज अनुसारको ११५ थान जुत्ता र मोजा प्रदान गरिएको प्रधानाध्यापक माधव दाहालले बताए। समाजसेवी दाहालको आर्थीक सहयोग र लालबन्दी उद्योग वाणिज्य संघको समन्वयमा विद्यालयमा जुत्ता मोजा बाँडिएको हो। अध्यक्ष महेश महतोसहितको टोली पुगेर बालबालिकालाई जुत्ता मोजा वितरण गरेका थिए। कार्यक्रममा युवा समाजसेवी समिर बराईलीको विशेष उपस्थिती रहेको थियो।
बिपन्न विद्यार्थी प्रायजसो चप्पलमा र कतिपय बालबालिका खाली खुट्टा नै विद्यालय जाने गरेका थिए। ति बालबालीका नयाँ जुत्ता मोजा पाएपछि खुसि भएका थिए। बालबालीकालाई टोपि समेत प्रदान गरिने सहयोगीहरले बताईए।
कार्यक्रममार्फत लायन्स क्लव लालबन्दी सेन्चुरीका पूर्व अध्यक्ष गोपाल श्रेष्ठले बालिबालिकाका लागी ब्याग प्रदान गर्ने प्रतिबद्धता गरेको प्रधानाध्यापक दाहालले जानकारी दिए। पछिल्लो समय बिपन्न परिवारको सन्तान मात्रै अध्ययन गर्ने थलो बनेको सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिका ज्यानै लिने चिसोका कारण प्रभावित हुने गरेका छन्।





















