सिरहा, १७ पुस। गोलबजार नगरपालिकाले माङ्गुर जातको माछा विक्रिवितरणमा रोक लागाउने भएको छ। वतावरणीय सन्तुलनमा नकारात्मक असर पर्ने तथा जैविक विविधतामा हानी पुर्याउने भन्दै माङ्गुर  माछाको उत्पादन, ओसार–पसार तथा विक्री वितरण निशेध गर्ने जनाएको हो। 

प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौड्यालले आज सूचना जारी गर्दै ‘नेपाल सरकारको निर्देशनअनुसार माङ्गुर जातको माछा विक्री विरतण, ओषस–पसार तथा भण्डारणमा पूर्ण रुपमा निशेध गरिएको व्यहोरा जानकारी गराईन्छ।’ भन्ने उल्लेख गरिएको छ। 

सोही सूचनामा गोलबजार नगरपालिका क्षेत्रमित्र मङ्गुर माछा विक्री विरतण, ओषस–पसार तथा भण्डारण गरेको पाईएमा पनून बमोजिम कारवाही गनरिनेसमेत उलेख गरिएको छ।

गोलबजार नगरपालिकाक्षेत्रसहित सिरहाका विभिन्न ठाउँमा लाग्ने साप्ताहिक हाट–बजारहरुमा भने भारतबाट अवैधरुपमा ल्याइएका माङ्गुरसहित विभिन्न प्रजातिका माछा निर्वाधरुपमा विक्रिवितरण हुनेगरेको माछा व्यसायीहरु नै बताउँछन्। 

mungrimachha