सत्यनारायण साफीलाई मासिक १० हजार सहयोग घोषणा
सिरहा, १७ पुस। पूर्ण छात्रवृतिमा पढ्न एमबीबीएस नाम निकालेका कमजोर आर्थिक अवस्था भएका बरियारपट्टी गाउँपालिका २ सिरिपुरका सत्यनारायण साफीलाई व्यसायी विकास सारडाले प्रत्येक महिना १० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।
जिल्ला उद्योग वाणिज्य संघ लहान–सिरहाका अध्यक्षसमेत रहेका व्यसायी सारडाले जन्मदिनको अवसर पारेर साफीलाई नितान्त पढाईमा खर्चगर्नेगरी एबीबीएस पढाई पुरागर्दासम्मका लागि मासिक १० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।
उनले साफिको घरमै गएर आज साफिको पढाईमा सहयोग गर्ने जनाउँदै उनले विचमै पढाई छोडेमा वा नपढेमा सहयाग गर्न बाध्य नहुने सम्झौतासमेत गरेका छन्। सारडाले भने, ‘यो हाम्रो सामाजिक दायित्व पनि हो, मैले साफी भाईलाई उनको पढाईमा सहयोग पुग्ने गरी मासिक १० हजार दिने प्रतिबद्धता जनाई सकेको छु। कुनै कारणबस उनले पढाई विचैमा छाडे वा पुरा नगरे सहयोगको सम्झौता पनि त्यसैदिनबाट भङ्ग हुनेछ।’





















