रामनारायण ठाकुर
मिर्चैया, १४ पुस। मिर्चैया नगरपालिकाले चिसो तथा शीतलहरबाट प्रभावित मुसहर परिवारलाई कम्बल वितरण गरेको छ। पालिकाको नगरपालिका ६ जिवा टोलका घरवार विहिन मुसहर टोलको समाचार गमक पोटमा आएपछि पालिकाले प्रभावितहरुलाई कम्वल वितरण गरेको हो।
पालिका प्रमुख श्रवण कुमार यादवको नेतृत्वमा आज अपरान्ह ती परिवारलाई कम्बल वितरण गरिएको स्थानीयले जानकारी दिए। कम्वल वितरण कार्यक्रममा वडा नम्वर ६ का वडा अध्यक्ष रामप्रकाश महासेठ, वडा सदस्य शुभाष न्यौपाने, निर्मला विश्वकर्मालगायतको उपस्थिति रहेको थियो।
कम्वल वितरण गर्न पुगेका मेयर यादवले तत्काल सोही गाउँबाटै दलित बस्तिमा निर्माणाधिन घर सम्पन्न गर्न भन्दै फोन गरे। मेयर यादवले भने, ‘तपाईंहरुले यो घर कुन प्रकृयाबाट, कहाँको बजेटले गरेको हो? तपाईंहरुले तत्काल नगरपालिकालाई जानकारी गराउनु र निर्माणकार्य थाल्नु।’
मेयर यादवले तपाईंहरुले नसक्ने भए नगरलाई लिखित रुपमा जानकारी गराउन समेद भने। उनले भने, ‘तपाईंहरुले तत्काल निर्माणकार्य थाल्नुस्, कति सक्नुहुन्छ? नसक्ने भए हामीलाई लिखित जानकारी दिनुहोस्।’
यता पूर्वाधार विकास कार्यालय सिरहाका साईड इन्जिनियर रामसुन्दर यादवले दुई वर्षदेखि बजेट नआउँदा निर्माणकार्य ढिलो भएको बताए। उनले यहि वार्षपनि ३ करोडमात्र रहम आएकोले निर्माण सम्पन्न हुनेमा आशंका व्यक्त गरे।
मेयर यादवले ‘तपाईंहरुले बनाउन नसक्ने हो भने हामीलाई लिखित तत्काल जानकारी गराउनुस्। हामी आफ्नो तर्फाबाट प्रयास गर्छौं। अन्यथा हामी तपाईँहरुलाई कार्वाहीगर्न बाध्य हुने छौं।’
उनले भने, ‘हामीसँग सिरहामा अझै ४८८ घर अलपत्र छन्। यो वर्ष पनि ३ करोड ४० लाख मात्र रकम आएको छ। हामीलाई १३ करोड आवश्यक पर्छ। म तीन चार दिन अघि पनि हेर्न गएको थिएँ।
अव चाँडै हामी काम सुरु गछौं। सम्पन्न हुने कुरामा म केही भन्न सक्दिन।’
उनले अहिलेसम्म एउटा घरको काममा एक लाख १७ हजार ६०० रुपैयाँ निकासा पनि बताए। मेयर यादवले योजनाको लगानीप्रति पनि आशंका व्यक्त गरे।
यहाँ करिव ३० घर परीवार विपन्न, भूमिहिन मुसहर समुदाय कठ्यांग्रिदो जाडो र शीतलहरको चपेटामा परेका छन्। चिसो बढ्दैजाँदा सुरक्षित आवासको अभावमा जनजीवन कष्टकर बनेको छ।






















