सिरहा, १४ पुस। अत्यधिक चिसो बढेपछि सिरहाका स्थानीयतहहरुले विद्यालय विदा दिएका छन्। अत्यधिक चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै जाडो विदा दिएको हो।
गोलबजार युवा तथा खेलकुद शाखाले आईतबारै सूचना जारी गरी १४ गते देखि १८ गतेसम्मलाई जाडो विदा दिएको छ। सिरहा नगरपालिकाले भने १३ र १४ गते जाडो विदा दिएको छ।
धनगढीमाई, लहान, कल्याणपुर नगरपालिकाले पनि १८ तगेसम्मलाई जिल्लाका सवैजासो पालिकाले विद्यालयहरुलाई जाडो विदा दिएको छ। पलिकाहरुले सम्पूर्ण विद्यालमा जाडो विदादिने सूचना जारी गरेपनि निजी विद्यालयहरुले भने सरकारी सूचनाको बेवास्ता गर्दै आएको छ।






















