सप्तरी, ९ पुस। सप्तरी प्रहरीले ८२४ किलो ६ सय ग्राम अवैध लागूऔषध गाँजासहित एक युवकलाई नियन्त्रणमा लएको छ। जिल्लाको छिन्नमस्ता गाउँपालिका ४ बाट राजबिराज नगरपालिका ११ का २९ वर्षीय रामकुमार यादवलाई बुधबार बिहान उक्त परिमाणको जाँजासहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय राजविराज र इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरीले को.१ च ९६६५ नम्बरको पिकअपलाई जाँच गर्ने क्रममा ३२ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक रामकुमारलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।






















