सिरहा, ७ पुस। सिरहा नगपालिकामा अस्थायी र करार सेवामा कार्यरत ५१ जना कर्मचारीको सम्फौता रद्द गरेको छ। मन्त्रिपरिषदको निर्णय भन्दै पालिकाका विभिन्न सेवा तथा समूहमा कार्यरत ५१ जना कर्मचारीहरुको करार सम्फौता रद्द गरेको हो। 

पालिकाले आज एक सूचना प्रकाशन गरी नेपाल सरकार मन्त्रीपरिषदको २०८२ असोज ५  गतेको निर्यायानुसार तथा अर्थ मन्त्रालय सिंहदरवार र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रानुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकका अस्थायी तथा करारमा कार्यरत कर्मचारी राख्न नपाउने निर्देशन अनुसार तथा सिरहा नगरापलिका नगरकार्यपालिकाको र्निाय अनुसार उनीहरुको सम्भफैता रद्द गरिएको जनाएको छ। 

सूचनामा सिरहा नगरपालिका अन्तर्गत स्वीकृत दरबन्दी बाहेकका अस्थायी नियुक्ति भएका र करार सेवामा कार्यरत कर्मचारी एवम् ज्याला दारीमा कार्यरत कर्मचारीको सम्भफौता रद्द गरिको उल्लेख गरेको छ। 

निस्कासनमा परेका मध्येय सवैभन्दा बढी २८ जना स्वास्थ्यका कर्मचारी रहेका छन्। 

siraha 1siraha 2siraha 3