सिरहा, ६ पुस। नेपाल पारा भेटेरीनरी एण्ड लाइभस्टक एशोसिएसन, सिरहाको ११ औं जिल्ला अधिवेशनले योगेन्द्र कुमार महतोको अध्यक्षतामा १२ सदसिय कार्यसमिति चयन गरेको छ। जिल्लाको गोलबजारमा सम्पन्न सम्मेलेनले उपाध्यक्षमा गीता चौधरी, सचिव गंगाराम महतो, सह–सचिव चन्द्रनारायण झा र कोषाध्यक्षमा सरोज साह सर्वसम्मत निर्वाचित भएको निवर्तमा सचिव रमेश महतोले जानकारी दिए। 

18b95ca5-5ad5-4a5c-8528-e766cdfe56c2

त्यसैगरी, अन्जु कुमारी यादव, जितलाल यादव, संजय पासवान, दुर्गानन्द यादव, देवसागर साह, संधिर ठाकुर र जितेन्द्र साह सदस्यमा निर्वाचित भएका छन्। 

अधिवेशनको उद्घाटन गोलबजारका मेयर श्यामकुमार श्रेष्ठले गरेका थिए। कार्यक्रमका विशिष्ठ अतिथी एशोसिएशनका केन्द्रीय अध्यक्ष रामप्रसाद महतोले संस्थाका महतो, भेटेरीनरीको क्षेत्रमा यसले पुर्याएका योगदानको विषयमा प्रष्ट पारेका थिए। 

सोही क्रममा केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश संयोजक प्रवेश्वर यादव, उपाध्यक्ष विशेश्वर प्रसाद यादव, उपाध्यक्ष तथा कोशि प्रदेश संयोजक योगेन्द्रलाल यादव, महासचि विशेश्वर प्रसाद यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए। 

सोही क्रममा लामो समय भेटेरीनगरी क्षेत्रमा लामो समय काम गरेर अवकास प्राप्त २१ जनालाई सम्मान गरेका थिए।