गोलबजार, ५ पुस। प्रथम गोलबजार नगर स्तरीय बिद्यालय फुटबल प्रतियोगिता २०८२ को आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा बालबिकास आवासिय विद्यालय फाइनल प्रवेश गरेको छ। सरस्वती मावि गोलबजार ३ र बालबिकास आवासीय बिद्यालय ८ बिच भएको प्रतिस्पर्धात्मक खेल ट्राइवेकरमा ४–५ गोल अन्तरले बिजय हुँदै बालबिकास फाईल प्रवेश गरेको हो।

निकै प्रतिस्पर्धात्मक, रोमाञ्चक र रसाकसी पुर्ण भएको खेलको २० ओेैं मिनेटमा फ्रिकिक मार्फत बालबिकासका जर्सी नम्वर २ का खेलाडी अजय मुखियाले गोल गरि १–० को अग्रता दिलाएका थिए। १ गोल पछि परेको अबस्थामा सरस्वती माविका खेलाडीहरु निकै आक्रमक देखिए। निरन्तरको आक्रमणसिछ २७ औं मिनेटमा सरस्वतीका जर्सी नम्बर १० का खेलाडी अरिन्द सदाले हेड मार्फत आकर्षक गोल गर्दै १–१ को बराबरि गरेका थिए।
दोस्रो मध्यान्तरमा सरस्वतीका जर्सी नम्बर ८ का अमरसिंह थापाले पोष्टको दिशा लिएको बल हातले रोके पछि उनले रेडकार्ड पाए। तर बालबिकासले प्राप्त गरेको पेनाल्टी गोल गर्न नसक्दा निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिनपुग्यो। १० खेलाडीमा सिमित सरस्वतीले बालबिकासलाई दबावमा राखेका थिए।
सेमिफाइनल खेलको उद्घाटन युवा समाजसेवी दिपेश मौक्तानले निर्णायकलाई बल हस्तान्तरण गर्दै गरेका थिए। म्यान अफ दि म्याचको पुरस्कार टीमलाई फाइनलमा पूराउन महत्त्वपूर्ण भुमिका खेलका बालबिकास गोलरक्षक समीर बिकले प्राप्त गरे। उनले पेनाल्टी रोकेका थिए। उनलाई गोलबजार स्पोट्र्स क्लबका पुर्व क्याप्टेन निश्चल मौक्तान र राष्ट्रिय खेलाडी सफल लामाले सयुक्तरुपमा पुरस्कार प्रदान गरे।
प्रतियोगिताको फाइनल खेल पौष ७ गते सोमबार दिउँसो १ः०० बजेबाटसृजना स्कुल र बालबिकास आबासिय बिद्यालय बिच हुनेछ।






















