सिराहा, ४ पुस। सिरहा प्रहरीले लहानबाट १६ ग्रामभन्दाबढी प्रतिवधित लागुपदार्थ ब्राउन सुगरसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। लहान २३ गढिया चोकबाट स्थानिय ३६ वर्षीय बिजय कुमार साह र ३१ वर्षीय सुरेन्द्र कुमार दासलाई १६ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित प्रहरीले विहिवार बेलुका पक्राउ गरेको हो। 

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरी टोलिले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। 

प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।