काठमाडौं, ३ पुस। राजनीतिक विश्लेषक विष्णु सापकोटाले नेकपा एमालेको महाधिवेशनले भदौ २३ र २४ को जेनजी व्रिदोहलाई पूर्ण वेवास्ता गरेको टिप्पणी गरेका छन्।
एमालेको ११ औं महाधिवेशनबाट केपी ओली अध्यक्ष तेस्रोपटक चुनिएका छन्। एमालेको महाधिवेशन र नयाँ नेतृत्वबारे प्रतिक्रिया दिँदै विश्लेषक सापकोटाले भने, ‘यो देशमा भदौ २३ २४ भएको व्रिदोहलाई यो महाधिवेशनले ‘नोट’ गरेन। एमालेका महाधिवेशन प्र्रतिनिधिले नोट नगर्नु मुख्या राजनीतिक सन्देश हो।’

नयाँ नेतृत्व चयनले ‘जेनजी विद्रोह’ पछि फेरि पनि चुनिएर आएको भन्ने बाहेक यो महाधिवेशनको अर्थ नभएको टिप्पणी गरेका छन्।
२०७८ सालमा भएको १० औं महाधिवेशन भन्दा थोरै सकरात्मक पक्ष अर्को प्यानलबाट पनि प्रतिस्पर्धा गर्नसक्ने अवस्था बाहेक अन्य अन्तर नरहेको सापकोटाले बताए। सापकोटाले भने, ‘यो हामी सच्चिनेवाला छैनौं। हामी गलत नै छैनौं। र, हामी सच्चिने वाला छैनौं भन्ने देखियो । महाधिवेशन प्रतिनिधिे स्वतन्त्र चेत भएको देखिएन।’
समाजले दलहरु ठूलो परिवर्तन खोजेपनि त्यसलाई आत्मसाथ एमालेको महाधिवेशनले गर्न नसकेको सापकोटाको विश्लेष्ण छ। ‘समाजले त्यति ठुलो परिवर्तन खोजेको थियो। कसरी हुने भन्ने अलग कुरा भयो। समाजले खोजेको परिवर्तनको छनक एमालेको महाधिवेशनमा देखिएन,’ सापकोटा भन्छन्, ‘यो निराशाजनक कुरा हो। जेनजी विद्रोहले उठाएको सुशासनको एजेण्डा नयाँ नेतृत्वले आत्मसाथ गर्ने देखिँदैन।’
अघिल्लो महाधिवेशनसँग तुलनात्मक सुधार प्रतिस्पर्धी अर्को प्यानलबाट पनि हुँदा आन्तरिक लोकतन्त्र थोरै भएपनि देखिएको सापकोटा बताउँछन्। अध्यक्षमा पराजित ईश्वर पोखरेलले प्राप्त गरेको मत उकुसमुकुसको मत प्रस्फुटन भएको सापकोटा विश्लेषण गर्छन्।
दलमा रुपान्तरणका लागि नयाँ र सक्षम अनुहार देखिनुपर्नेमा महाधिवेशनले पुरानै अनुहार अनुमोदन गरेको सापकोटाले बताए।
एमालेबाट आएको नयाँ नेतृत्वले पुराना राजनीतिक दलमा परिवर्तन नभएपनि हुने सन्देश दिएको समेत दिएको सापकोटा बताउँछन्। सापकोटा भन्छन्, ‘पुराना दलहरु नसुध्रिए पनि हुने बल एमाले महाधिवेशनले दियो।’
(अनलाईनखवरबाट)





















