गोलो घेराभित्र शिक्षक किशोर कमार साह : एमालेको ११ औं राष्ट्रिय महादिवेशनमा केन्द्रिय सदस्यका उम्मेदवार सिरहा गोलबजारका लिलानाथ श्रेष्ठको चुनावी प्रचारमा।
सिरहा, १ पुस। सिरहाको धनगढीमाई नगरपालिका १२ स्थित तुलसीराम सत्यभामा डोटेल माध्यमिक विद्यालयका मावि स्थायि शिक्षक किशोर कुमार साह काठमाडौंमा जारी नेकपा एमालेका ११ औं राष्ट्रिय महादिवेशनमा नेताहरुको भोट माग्न बेस्त छन्। विद्यालयबाट तीन दिनको छुट्टी लिएर हिडेका उनी अहिले पार्टीको खुल्लातर्फ केन्द्रिय सदस्यका उम्मेदवार सिरहाकै गोलबजारका लिलानाथ श्रेष्ठको चुनावी प्रचारमा व्यस्त व्यस्त भएका हुन्।

साह गोलबजारस्थित रामप्रताप रामप्रसाद जनता बहुमुखि क्याम्पसका पूर्व प्रमुख तथा हाल शिक्षक समेत हुन्। शिक्षक जस्तो गरिमामय पदमा रहेका व्यक्तिले आफ्नो पद र प्रतिष्ठा भुलेर पार्टीको महादिवेशनमा नेताको प्रचार गरेको प्रति कडा टिप्पनीहरु गरेका छन्।
शिक्षक भएर राजनीतिक क्रियाकलापमा सक्रिय हुनु गैरकानुनी कार्य भएको उनी कार्यरत विद्यालयका प्रधानाध्यापक चन्द्रनारायण चौधरीले बताए। उनले भने, ‘शिक्षक पेशा भनेको एकदमै जिम्मेवार काम हो। उहाँलाई त्यो सवै कुरा जानकारी हुनुपर्ने हो। किन त्यसरी लाग्नु भयो। मैले बुझ्न सकेको छैन।’
उनले शिक्षक भर्ना गर्ने, अवकास दिने र कार्वाही गर्ने जिम्मेवार निकायले यसविषयमा चाँसो लिनुपर्ने बताए।
त्यसैगरी, उनी कार्यरत अर्का संस्था थत रामप्रताप रामप्रसाद जनता बहुमुखि क्याम्पसका प्रमुख दिनेश यादवले किशोर सरले गर्नुभएको गतिविधिको विषयमा क्याम्पस समितिमा छलफल हुने बताए। उनले भने, ‘मैले पनि सामाजिक सञ्जालमा फोटो देखेको थिएँ। त्यस विषयमा निकै टिक्का टिप्पनी भएको पाएँ। म समितिको बैठक राखेर यस विषयमा आवश्यक निर्णय लिन्छु।’
वर्तमान सरकारका शिक्षा मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको पाइएमा पदबाट बर्खास्त गर्न सकिने चेतावनीसमेत सहित विज्ञप्नी नै जारी गरेको थियो। मन्त्रीको चेतावनीलाई समेत वेवाास्ता गर्दै शिक्षक साह राजनीतिक गतिविधिमा संलग्न भएका छन्। के उनी कार्वाहीको भागीदार हुन्छ? भन्ने सर्वत्र प्रश्न उब्जेको छ।
यस विषयमा प्रतिकृया लिन शिक्षक साहलाई फोन सम्पर्क गरेपनि उनी सम्पर्कमा आउन चाहेन।






















