गोलबजार, १ पुस। गोलबजार स्पोट्र्स क्लबको आयोजनामा सञ्चालित प्रथम गोलबजार नगर बिद्यालय स्तरीय फुटबल प्रतियोगिताको आज भएको अन्तिम क्वाटरफाइनल खेलमा शान्तिनिकुञ्ज इङ्गलिश स्कूल चोहर्वा विजयी हुँदै सेमिफाईनल प्रवेश गरेको छ। शुभश्री स्कुल गोलबजार ६ र शान्ति निकुञ्ज गोलबजार ७ बिच भएको खेलमा ०–३ गोल अन्तरले शान्तिनिकुञ्ज विजयी भएको हो।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलको उद्घाटन गोलबजार स्पोट्र्स क्लबका कप्तान तथा मोफसलका चर्चित तथार व्यस्त खेलाडी अमन लामाले निर्णायकलाई बल हस्तान्तरण गर्दै गरेका थिए।
खेलको म्यान अफ दि म्याचको पुरस्कार शान्ति निकुञ्जका जर्सी नम्वर १ का खेलाडी गोलरक्षक अरविन पासवानले जित्न सफल भयो। उनलाई बालबिकास आवासीय बिद्यालयका निर्देशक जीवन यादवले पुरस्कार प्रदान गरेका थिए।
आज सम्पन खेलमा बिद्यार्थीको इमिस कोड दुरुपयोग गरि फरक बिद्यार्थी खेलाडीको रुपमा प्रतियोगितामा सहभागी गराएको भनी छानबिन गरिपाउ भनी निवेदन परेको जानकारी आयोजकले बताए। यस बिषयमा भोलि छलफल गरी निर्णय लिने आयोजकले बताए।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल भोलि बालबिकास आवासीय बिद्यालय गोलबजार ८ सरस्वती मावि गोलबजार ३ बिच अपरान्ह २ ः०० बजेबाट हुनेछ।























