सिरहा, २९ मंसिर। गोलबजार नगरपालिकाकी उपमेयर मानती साहले विद्यालयमा शुद्ध पीउने पानीको व्यवस्थापनमा संस्थाको महत्वपूर्ण योगदान रहेको बताए। हेल्पिङ ह्याण्ड युएसए नेपालको आर्थिक सहयोग र हेल्पिङ हार्टको समन्वयमा गोलबजार ११ बलकावास्थित मदरसा नुरुलइस्लामको प्राङ्गणमा निर्मित शुद्ध पीउने पानीको उद्घाटन गर्दै उपमेयर साहले अन्यक्षेत्रसँगै शुद्ध पीउने पानीको क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताएकी हुन्।

‘हाम्रो अनुरोधमा गोलबजार नगरक्षेत्रका विभिन्न विद्यालयहरुमा शुद्ध पीउने पानीमा यस संस्थाले लगानी गर्दै अएको छ; उपमेयर साहले भनीन, ‘यो संस्थाले महिलाहरुलाई शिपमुलक तालिम, अन्य व्यसायीक सहयोग, शिक्षा, स्वास्थ्यमा पनि राम्रो योगदान गरेको छ। संस्थाले गोलबजारका विद्यालयमा शुद्ध पानी पुर्यार महत्वपूर्ण योगदान गरेरको छ।’
सोही क्रममा उनले नगरपालिकाको मूख्य नेतृत्वमा कुनै पनि वडालाई विकासको काममा विभेद नगरेको बताए। उनले भने, ‘हाम्रो तर्फबाट कुनै दल वा व्यक्ति विशेषलाई धेरै विकास दिने र कसैलाइ थोरै बजेट दिएको छैन। हामीले सवैलाई समान व्यवाहार गरेका छौं जस्तो लाग्छ।’
नेपाल पेट्रोलियम संघका मधेश प्रदेश अध्यक्ष रामसगुन यादवले गौर सरकारी संस्था भनेको कुनै धर्म, राजनीति विशेषको हुँदैन। यो संस्थाले पनि समान ढङ्गले काम गरेको आफूले पाएको बताए। सोही क्रममा उनले गोलबजार नगरपालिकाले बजेट बाँडफाँटमा विभेद गरेको भन्दै आउँदा दिनहरुमा यसलाई सस्याउनु पर्नेमा जोड दिए।
उद्घाटन कार्यक्रममा पत्रकार अर्जुन थपलिया, वडा नम्वर ११ का वडा अध्यक्ष शोयव अनवर मदरसाका सचिवलगायतले मन्तव्य व्यक्त गरेका थिए। वडा अध्यक्ष अनवरले बलकावाक्षेत्रका भुमिगत पानीमा अत्यधिक आईरन रहेकोले पीउन योग्यपानी नरहेको बताए। जसका कारण यहाँका विद्यार्थी झाडा पखाला, आउँ, छालाका रोगहरुबाट पीडित हुँदै आएको बताए। संस्थाले शुद्ध पीउने पानीको प्रवन्ध गरेपछि यस्ता समस्या कम हुने विश्वास व्यक्त गरे।
कक्षा ७ सम्म पढाई हुने यस मदरसामा ३३८ छात्र छात्राले अध्ययन गरिरहेका छन्।
हेल्पिङ हार्टका उपाध्यक्ष मोहम्मद तल्हाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन उपमेयर साहले रिवन काटेर गरेका थिए।
संस्थाले गोलबजार नगरपालिकाभित्रका सामुदायीक तथा संस्थागत विद्यालयहरुमा शुद्ध पीउने पानीको लागि उपकरण, ट्याङ्की, धाराजडान गरेको संस्थाले जनाएको छ।

























