गोलबजार, २९ मंसिर। गोलबजार स्पोट्र्स क्लबको आयोजना संचालित ‘प्रथम गोलबजार नगर स्तरीय बिद्यालय फुटबल प्रतियोगिता २०८२’ को आज नवांै खेल सम्पन्न भयो। सरस्वती मावि गोलबजार ३ ले जनता मावि गोलबजार ९ लाई ६–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। खेलको म्यान अफ दि म्याचको पुरस्कार सरस्वती माविका जर्सी नम्वर १० का अरबिन्द सदाले जिते। उनलाई शुभश्रीका प्रिन्सिपल श्याम लामा र यस ममका संचालक मनु स्याङदनले संयुक्तरूपमा पुरस्कार प्रदान गरे।

543de527-2bec-4028-9eff-70d96346f73e

भोलि हुने प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल भोलिको शुभश्री स्कुल गोलबजार ६  र शान्तिनिकुन्ज आवासीय विद्यालय गोलबजार ७ बिच दिउँसो २ः०० बजेबाट हुनेछ।