गोलबजार, २८ मंसिर। गोलबजार स्पोट्र्स क्लवद्वारा आयोजित ‘प्रथम गोलबजार नगर स्तरीय बिद्यालय फुटबल प्रतियोगिता २०८२’ को आज सातौं र आठौं खेल सम्पन्न भएको छ। माउन्ट एभरेस्ट स्कुल गोलबजार ४ का संस्थापक प्रिन्सिपल मनोज कुमार यादव र जनता मावि गोलबजार ९ डण्डाका सह प्रधानाध्यापक प्रमोद महतोले सयुक्त रुपमा निर्णायकलाई बल हस्तान्तरण गरि सुरुवात भएको प्रतियोगिताको सातौं खेलमा सृजना सेकेन्डरी इङ्गलिस बोर्डिङ स्कुल गोलबजार ६ विजयी भएको छ।

प्रतियोगिता कै बलियो मानिएको टिम नेचुरल एकेडेमी गोलबजार ४ लाई ३–१ गोल अन्तरले पराजित गर्दै सृजना स्कुल सेमिफाइनलमा प्रवेश गरेको हो। यस खेलको म्यान अफ दि म्याचको पुरस्कार सृजनाका जर्सी नम्वर १० का नारायण थापा मगरले जिते। उनलाई नेचुरलका प्रधानध्यापक रामकुमार यादवले पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगिताको आठौं खेल बालबिकास आवासीय बिद्यालय गोलबजार ७ का निर्देशक जीवन यादव र सरस्वती माविका प्रदधानाध्यापक अरुण साहबाट रेफ्रिलाई फुटबल हस्तान्तरण गरि खेलको सुरुवात भएको भएको थियो। बालबिकास आवासीय बिद्यालय गोलबजार ७ र शारदा स्कुल गोलबजार ४ बिच भएको खेलमा बालविकासले सारदा स्कुललाई ५–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्यो। आठौं खेलको म्यान अफ दि म्याचको पुरस्कार बिजय टोलीका लागि एक्लैले ५ गोल गरेका जर्सी १७ का प्रिन्स श्रेष्ठले जित्यो।
भोलिको खेल सरस्वती मावि तेतरीया र जनता मावि डण्डा बिच दिउँसो २ः०० बजेबाट हुने जानकारी आयोजक समितिका राजीव आलेले जानकारी दिए।
गोलबजार नगरपालिका मुख्य सहयोगमा मंसिर २५ गतेबाट संचालित प्रतियोगिताको फाईनल खेल ५ गते हुने छ।
























