सर्लाही, २८ मंसिर। सर्लाही प्रहरीले २१२ ग्राम अवैध लागुपदार्थ ब्राउनसुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले लालवन्दी नगरपालिका ५ बस्ने ईश्वरपुर ३ घर भएका ३४ वर्षीय सुवास लमिछानेलाई शनिबार साँझ पक्राउ गरेको हो।
विशेष सूचनको आधारमा पुगेका प्रहरीले उनी बसेको घर खानतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।






















