गोलबजार, २७ मंसिर। प्रथम गोलबजार नगर स्तरीय बिद्यालय फुटबल प्रतियोगिताका आज तेस्रो दिनको खेलमा शान्ति निकुञ्ज अंग्रेजी बोर्डिङ स्कुल र सरस्वती माध्यमिक बिद्यालय गोलबजार ३ विजयी भएको छ।

शान्तिनिकुञ्ज अंग्रेजी बोर्डिङ स्कुल गोलबजार ७ र जनता नमुना माध्यमिक बिद्यालय गोलबजार ८ विच भएको प्रथम खेलमा शान्तिनिकुञ्ज स्कुल १–० गोल अन्तरले विजयी भएको छ। प्रतियोगिताको पहिलो खेलमा म्यान अफ दि म्याच भएका शान्तिनिकुञ्जका जर्सी नम्वर १४ का दिवश परियारलाई जनता नमुना माध्यमिक बिद्यालयका अध्यक्ष राम कुमार महतोको पुरस्कार प्रदान गरेका थिए।

सरस्वती माध्यमिक बिद्यालय गोलबजार ३ र हिमालयन पब्लिक स्कुल गोलबजार ६ बिच भएको दोस्रो खेलमा २–० गोल अन्तरले सरस्वती माध्यमिक विद्यालय विजय भएको छ। आज दिउँसो ३ः३० बजेबाट सुरु भएको प्रतियोगिता छैठौं खेलको म्यान अफ दि म्याचको पुरस्कार बिजय टोली सरस्वती माविका जर्सी नम्व ९ का खेलाडी आयुष रोक्का मगरले जिते। उनलाई हिमालयन पब्लिक स्कुलका प्रिन्सिपल पुरुषोत्तम बुढाथोकीले पुरस्कार प्रदान गरे।
आजको खेलको सिरहाका अन्तर्राष्ट्रिय फुटबल खेलाडी साजकुमार आलेबाट निर्णायकलाई बल हस्तान्तरण गरि उद्घाटन भएको गरिएको आयोजकले जनाएको छ। प्रतिस्पर्धि बिद्यालयका तर्फबाट पुरुषोत्तम बुढाथोकी र अरुण साहबाट रेफ्रिलाई फुटबल हस्तान्तरण गरि सुरु भयो।
प्रतियोगिताको भोलिको पहिलो खेल १ः०० बाट नेचुरल एकेडेमी र सृजना सेकेन्ड्री स्कुल बिच हुनेछ भने दोस्रो खेल शुभश्री स्कुल र बालबिकास आवासीय बिद्यालय चौहर्वा बिच दिउँसो ३ः३० बाट हुने आयोजकले जनाएको छ।






















