गोलबाजार, २६ मंसिर। गोलबजार स्पोट्र्स क्लब आयोजनामा जारी ‘प्रथम गोलबजार नगर स्तरीय बिद्यालय फुटबल प्रतियोगिता २०८२’ को आज भएको दोस्रो दिनको खेलमा जनता माध्यमिक बिद्यालय चन्द्रोयपुर, गोलबजार ९ र नेचुरल एकेडेमी गोलबजार ४ विजयी भएको छ।

mount MBA

जनता माध्यमिक बिद्यालय चन्द्रोयपुर गोलबजार ९ र माउन्ट एभरेष्ट इङ्गलिश  बोर्डिङ स्कुल गोलबजार ४ बिचको पहिलो खेलमा ३–१ गोल अन्तरले जनता माध्यमिक बिद्यालय गोलबजार ९ बिजय भएको हो। यो खेलको म्यान अफ द म्याच बिराज मगर घोषित भए।

त्यस्तै दोस्रो नेचुरल एकेडेमी गोलबजार ४ र ट्रिनिटि इङ्गलिश स्कुल गोलबजार ६ बिच भएको थियो। दोस्रो खेलमा २–१ गोल अन्तरले नेचुरल एकेडेमी गोलबजार ४ विजयी भए। निकै प्रतिस्पर्धात्मक  खेलमा म्यान अफ द म्याचको पुरस्कार नेचुरलका लबेश लामाले जिते। साथै निकै उत्कृष्ट खेलकौशल प्रदर्शन गरेका ट्रिनिटिका नितेष योन्जनले समेत नगद पुरस्कार प्राप्त गर्यो। 

प्रतियोगिताको भोलिको पहिलो खेल शान्ति निकुञ्ज इङ्गलिश स्कुल गोलबजार ७ र जनता नमुना माध्यमिक बिद्यालय चन्द्रलालपुर गोलबजार ८ चोहर्वाविच दिउँसो १ः०० बजे हुनेछ भने दोस्रो हिमालयन पब्लिक स्कुल गोलबजार ६ र सरस्वती माध्यमिक बिद्यालय गोलबजार ३ बिच ३ ः ०० बजेबाट सुरु हुनेछ आयोजकले बताएको छ


20c1d850-4f5e-42ad-9a55-da2ff37f04f2 172e5547a-b618-49a6-9fc9-9b3d083295d9