सिरहा, २५ मंसिर। गोलबजार प्रहरीले भारतबाट अवैध रूपमा ल्याएको मुङ्गरी माछा बरामद गरी नष्ट गरेको छ। अवैधरुपमा माछा ल्याईरहेको विशेष सूचनाका आधारमा पुगेका प्रहरीले गोलबजार र धनगढीको सीमाना पर्ने गागन खोलाबाट करिब एक सय केजी माछा बरामदगरी इलाका प्रहरी कार्यालय परिसरमा स्थानीय जनप्रतिनिधीसमेतको रोहवरमा नष्ट गरेको हो। 

mount MBA

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्स्पेक्टर सुदन केसीले माछासँगै मोटरसाइकल समेत बरामद गरेको जानकारी दिए। उनले प्रतिवन्धित मुङ्गरी जातको माछा बरादगरी नष्ट गरेको जनाए

उनले यस सम्बन्धमा थप अनुसन्धान भईरहेको पनि जनाए। 

बरमद माछा गोलबाजर नगरापलिका ८ चोहर्वाका राजा सहनीको रहेको प्रहरीले बताएको छ। उनले दैनिक रुपमा करिव आधा दर्जन मोटरसाइकल प्रयोगरी भारतबाट अवैधरुपमा मुङ्गरी, जलकपुरलगायत जातका माछा ल्याउने गरेको एक व्यवसायीले नै जानकारी दिए। 

उनले भारतबाट ल्याएको माछा लहान, धनगढी, गोलबजार, मिर्चैया, बिष्णुपुर र सिरहा सदरमुकामका व्यसायीहरुलाई दिने गरेको ती व्यसायीले बताए। 

उनले सिरहाकै सीमाक्षेत्रको फरक फरक बाटोहरु प्रयोग गरेर अवैधरुपमा माछा ल्याउने गरेको ती व्यसायीले सुनाए। उनले भने, ‘राजाले यहाँका प्रहरी प्रशासनलाई समेत प्रभावमा पारेर भारतीय माछा नेपाल भित्र्याउने गरेको छ। त्यसमा पनि उनले ल्याउने भनेको प्रतिवन्धित प्रजातीको मुङ्गरी माछा हो। यो भारतबाट सस्तो मूल्यमा ल्याएर नेपालमा बेच्न पल्केका छन्।’

आज उनले बढीयारपट्टीहुँदै माछा ल्याएको बेला गोलबजार प्रहरीले पक्राउ गरेको ती व्यसायीले सुनाए।