गोलबजार, २५ मंसिर। ‘प्रथम गोलबजार नगर स्तरीय बिद्यालय फुटबल प्रतियोगिता–२०८२’ ले फुटबल खेलाडी उत्पादनमा महत्त्वपूर्ण भुमिका खेल्ने गोलबजारका मेयर श्यामकुमार श्रेष्ठले बताए। बिद्यालयभित्र ओझेलमा परेका फुटबल खेलाडी खोजिगर्ने उद्देश्यसहित गोलबजार स्पोट्र्स क्लबले आयोजना प्रतियोगिताको उद्घाटन गर्दै मेयर श्रेष्ठले यो प्रतियोगिताले खलाडीको प्रतिभा देखाउने अवसर प्रदान गर्ने बताएको हो। 

mount MBA  

प्रतियोगिताको उद्घाटन मन्तव्यको क्रममा निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन (प्याब्सन) का केन्द्रीय सचिव बिष्णु न्युपानेले आगामी दिनमा खेलकुद बिकास कार्यक्रममा आयोजक गोलबजार स्पोट्र्स क्लबसंग सहकार्य गर्ने बताए। उनले हाम्रो संगठनको तर्फबाट हुने जिल्ला स्तरीय खेलकुदमा क्लवसँग साझेदारी गर्ने जनाएका हुन्।

कार्यक्रममा गोलबजार वडा नम्वर ६ अध्यक्ष संजित लामा, मधेस खेलकुद परिषद्का सदस्य निशेष कुमार श्रेष्ठ, जनात नमुना माध्यमिक बिद्यकालयका अध्यक्ष रामकुमार महतो, बाल बिकास आवासीय बिद्यालयका प्रतिनिधि जीवन कुमार यादव र नेचुरल एकेडेमीका प्रिन्सिपल रामकुमार यादवले मनतव्य राखेका थिए। 

आजको प्रतियोगिता दुई खेल सम्पन्न भएको आयोज क्लवमा सचिव नरेश लामाले जानकारी दिए। जनता माध्यमिक (प्राबिधिक) बिद्यालय गोलबजार ४ र शारदा इङ्गलिश स्कुल गोलबजार ४ बिचको पहिलो खेलमा ०–१ गोल अन्तरले शारदा स्कुल बिजय भयो।  पहिलो खेलको म्यान अफ द म्याच बिजय टिमका क्याप्टेन अभिदय जर्घा मगर प्राप्त गर्यो। 

त्यसैगरी दोस्रो खेल शुभश्री इङ्गलिश बोर्डिङ्ग स्कुल गोलबजार ६ र बुढानिलकण्ठ इङ्गलिश बोर्डिङ्ग स्कुल गोलबजार ४ बिच भएको थियो।  खेल निर्धारित समय गोल रहित बराबरिमा टुंगियो। गोल रहित बराबरिमा टुंगिएको खेलमा निर्णय ट्राईबेकरबाट लियो। ट्राईवेकरमा शुभश्री इङ्गलिश स्कुल गोलबजारले ८–७ गोल अन्तरले विजयी भई दोस्रो चरणमा प्रवेश गर्न सफल भयो। दोस्रो खेलको म्यानअफ द म्याच बिजय टिमका खेलाडी युवल मगरले प्राप्त गर्यो।

प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयगरि १४ टिमको सहभागीता रहेको छ। उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष रन्जित लामाको अध्यक्षतामा खेलकर्मी कसम लामाको उद्घोषण सम्पन्न भयो । भने स्वागत मनतव्य क्लबका सचिव नरेश लामाले गरेका थिए। प्रतियोगिताको उद्घाटन कार्यक्रममा सहभागी बिद्यालयहरुको भव्य उपस्थिति रहेको थियो। कायक्रमलाई भव्य बनाउन हिमालयन पब्लिक स्कुल गोलबजार ६ र नेच्युर एकेडेमी गोलबजार ४ का विद्यार्थीहरुल्े नृत्य प्रदर्शन गरेका थिए।

ed3aa8bc-9921-49ba-adfc-ecc547e5cbfda6e12017-7626-4f7e-9cc9-4352d1007c16